शेष प्रश्न बङ्गाली उपन्यासकार शरत्चन्द्रको विशिष्ट कृति हो। यसमा स्वाभिमानी स्त्री कमलको कथा छ । कतिका लागि चरित्रहीन' उनी यथार्थमा चट्टानझैँ छिन्। कमलको जीवन अत्यधिक घटनामय छ, अनि चाखलाग्दो पनि । कमल नदी हुन्, जो कुनै बाँधसामु रोकिन्नन् । कमल जब बन्छिन् कुनै स्थिर जलकुण्ड, त्यहाँ प्रवाहको अभिलाषा नै शेष भएझैँ लाग्छ । जब फेरि बन्धनले ऐंठन गराउँछ, तब कमलभित्र जस्तै किनारासमेत भत्काउने तुफान पैदा हुन्छ। तिनै सुन्दरी - स्वाभिमानी कमलको चाखलाग्दो कथा हो, शेष प्रश्न ।