Paper Back

Sakshi

| साक्षी

Genres:


Only 4 item left in stock!
Sold by Booksmandala Nepal
Limited stock available
Synopsis

नारायण श्रेष्ठ युद्ध मैदानमा प्रवेश गरेर शन्तिको बिगुल फुक्ने कवि हुन् । वर्षभरि नै चैत मौलाइरहेको देख्छन् उनी आफ्ना रचनामा । निर्दोष आँसुसँग खुसी साट्न खोज्छन् उनी हरेक मनसँग । उनी समस्यैसमस्याका बग्रेल्ती भीडहरु देख्छन् प्लेटोनिक अन्धकार हुँदै भूमण्डलीकरण, उत्तरआधुनिक जालोसम्म । कालो दशकको पहाड चढी टारमा गएर सुसेला हाल्न खोज्छन् उनी । लाग्छ, उनी आफै घेराबन्दीमा परेका छन् सामाजिक यात्रामा । उद्देश्य एउटा मात्रै छ उनको- सुन्दर समयको ढोकाभित्र प्रवेश गर्ने । टाढाको मायाले भित्र-बाहिर सबैतिर चुकुल लाएको भए पनि हृदयबाटै शान्तिको गीत गाउने र गाउन लगाउने कवि हुन् श्रेष्ठ ।

ढोका

लेखिएनन् कहिल्यै खर्पनका निदालहरूमा संस्कारको नयाँ रेखा

गरिएनन् उत्खनन आदिम लिपिहरूको

मर्तिको वेदी र ट्रॅडालको छातीमा

औंलाको छाप पोतिएको छ -

पुरानु ढोकाको कब्जाहरूमा

प्रवेशद्वारमा उभिएको छु म

एउटा सुन्दर समयको कल्पना छ यो ढोकाभित्र ...

Other info
Page Count
92 Pages
Weight
75g
ISBN
BM3E9F003FA22D
Language
Nepali
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book