यो हावा, पानी अनि कुवामा भेटिन्छ । यो ढुङ्गा, माटो र बालुवामा भेटिन्छ । यदि खोजी गरि नै रहने हो भने हजुर, पैसा यही हलो अनि जुवामा भेटिन्छ ।
ऋतुहरूले रूप फेरे पनि काली । सबैले तमासा हेरे पनि काली । म सफल भएरै देखाउँछु यहाँ, जति नै दुःखले घेरे पनि काली ।।
सपना देखेर हिँड्नु पर्छ । काँडामा टेकेर हिँड्नु पर्छ । हार्दै नहारी वर्ष झरी हैं, पर्खाल छेडेर हिँड्नु पर्छ ॥
निलो आकाशबाट चरी बनेर । अझै भनौ स्वर्गकी परी बनेर । भर्खर इन्द्रेणी लाली छोडी गयौ, फेरि आउनु तिमी झरी बनेर ।।